Video

सुशान्तकी आमाको अस्थी विसर्जन गरेकै ठाउँमा पुगी, दुइ बहिनि र पिताले गंगा घाटमा गरे सुशान्तको अस्थि विसर्जन (भिडियो)

एजेन्सी । वलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्त्यष्टि गरिएको छ । विहिवार उनको पटना स्थित गंगा घाटमा सुशान्तको अस्थि विसर्जन गरिएको हो । सोही घाटनमा सुशान्तको आमाको पनि अस्थि विसर्जन गरिएको थियो । बुधवार सुशान्तका वुवा पटना पुगेका थिए । पटनामा अस्थि विसर्जन गरेपछि उनको अन्य संस्कार राजीवनगर स्थित घरमा हुने बताइएको छ । सुशान्तको अस्थि विसर्जनमा उनका गाउँले, आफन्त सबै भेला भएका थिए । उनको श्राद्धकर्म अन्य आफन्तहरु आएपछि सुरु गरिने बताइएको छ ।

सुशान्त राजपुतले गएको आइतवार आन्ध्रा स्थित भवनमा देहत्याग गरेका थिए । सोमवार मुम्बईमा उनको अन्तिम संस्कार गरिएको थियो । पटनामा रहेका उनका बुवा मुम्बई पुगेर आफ्ना जवान छोरालाई मुखाग्नी दिएका थिए । बुधवार नै पटना फर्किएका बुवा र आफन्तले विहिवार गंगामा लगेर सुशान्तको अस्थि विसर्जन गरेका हुन् ।

अस्थि विसर्जनका लागि उनको बहिनी प्रियंका सिंह र रानी सिंह पुगेका थिए । उनीहरुले नै दाईको अस्थि गंगामा विसर्जन गरेका हुन् । यो भन्दा अघि पटनामा बुधवार नै सुशान्तको आ त्माको शान्तीका लागि पुजा पनि लगाइएको थियो । त्यसका लागि सुशान्तका दिदी र भिनाजु पनि पटना स्थित घरमा पुजामा सहभागी भएका थिए ।

राजधानी पटनामा युवाहरुले सुशान्तको आ’त्म शान्तीका लागि तीन दिन देखि मैनवत्ती प्रज्वलन गरेका छन् । उनीहरुले मार्च र्याली निकालेका थिए । सुशान्तको बालापन पटनाका बितेको हुनाले अन्य काम पटना स्थित घरमै गरिने बताइएको छ ।

अमेरिकामा बस्ने सुशान्तको वहिनीले सामाजिक सञ्जालमा निकै भावुक स्टाटस लेख्दै गंगा नदिमा सुशान्तको अस्थि विसर्जन गरेको विषयमा बताएकी छन् । स्वेतासिंह कृतीले फेसवुकमा सुशान्तको आत्मशान्तीको कामना गर्न सबैलाई अपिल गरेकी छन् । उनी सुशान्तको अन्तिम विदाईका लागि पटना पुगेको जानकारी पनि गराएकी छन् । तस्विर त भिडियो तल हेर्नुहोस

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधन भएको आज पाच दिन भयो। उनको आत्महत्याकोदेहत्याग खबरले परिवार, साथीहरू, प्रशंसक मात्र नभई पूरै बलिउड शो कमा छ। उनले देहत्याग गर्नुका पछाडि विभिन्न कारणहरू भएका अनुमान पनि लगाइएका छन्। अनुमानित कारणहरुमध्ये उनलाई आर्थिक समस्या भएको कुरा पनि फैलिएको छ। तर सुशान्तका एक नजिकका साथीले आर्थिक समस्या परेको कुरा अफवाह भएको भारतीय सञ्चारमाध्यम पिंक भिलालाई बताएका छन्।

‘सुशान्त आर्थिक समस्यामा परेका थिए भन्ने अनुमान लगाइएको छ। तर उनलाई यसमा कुनै समस्या थिएन,’ परिचय नखुलाउने सर्तमा सुशान्तका एक नजिकका साथीले भनेका छन्, ‘उनीसँग केही फिल्महरू लाइनमा थिए। केही फिल्मका लागि छलफल समेत हुँदै थियो। जहाँसम्म मलाई थाहा छ, उनी अर्को वर्षको मध्यसम्मका लागि व्यस्त थिए। अरू थप दुई फिल्मका लागि हस्ताक्षर गरेका भए, २०२० का लागि उनीसँग ५ फिल्म हुन्थे। हरेक फिल्मको लागि सुशान्त ८ करोड भारूसम्म नगद लिन्थे।’

यति मात्र नभई, एक निर्माताले उनलाई तोकिएको पारिश्रमिकभन्दा बढी तिर्न राजी भएको समेत उनले बताएका छन्। दुई निर्माताहरू यो महिनाको अन्तिममा सुशान्तसँग भेट्ने योजनामा थिए। तर उनी सम्पर्कमा थिएनन्। सुशान्त सम्पर्कमा नभएपछि ती निर्माताले उनको नजिकका साथीसँग सम्पर्क राखेका थिए। उनीहरूले सुशान्तलाई फिल्मका लागि ११ करोड भारू तिर्न तयार भएका उनले बताएका छन्।

सुशान्तको मृ त्युपछि उनले निर्देशक आनन्द गान्धी र रुमी जेफ्रीका गरी दुई प्रोजेक्टका लागि कुरा गरेका थिए भन्ने कुरा पनि सार्वजनिक भइरहेका छन्। यो बाहेक उनी निर्देशक आनन्द एल राईसँग समेत फिल्म सम्बन्धी छलफल क्रममा थिए भन्नेछ।

त्यस्तै इन्डिया डटकमका अनुसार उनको कुल सम्पत्ति करिब एक सय करोड नेपाली रूपैयाँ बराबरको थियो। उनलाई बाइक एकदमै मनपर्ने भएकाले धेरै महँगा मोटरसाइकलहरू पनि किनेका थिए। त्यस्तै उनीसँग दुई‍ वटा महँगा कार पनि थिए। करिब एक सय करोडको सम्पत्ति छाडेर गए पनि उनी सहयोग गर्नमा उत्तिकै उदार भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Related Articles

Back to top button
Close