News

कोरोना लागेर मृत्यु भएकी महिलाको शव खाल्डोमा हाल्नुअघि सेनाको टोलीले गरे सलामी अर्पण

शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गुमाएकी कोरोना सङ्क्रमित महिलाको शव व्यवस्थापन गरिएको छ । मस्तिष्कमा समस्या देखिएपछि शिक्षण अस्पतालमा भर्ना हुनुभएकी कैलालीे जिल्ला, लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको उपचारका क्रममा यही असार २ गते निधन भएको थियो । पिसिआर रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शव बाँकेमै व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार शव बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित सामुदायिक वनमा नेपाली सेनाको विशेष टोलीले सम्मानका साथ व्यवस्थापन गरेको हो । शिक्षण अस्पतालमा यसअघि असार १ गते बाँकेको बैजनाथ गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणकै कारण ज्यान गएको थियो । उनको शव नेपाली सेनाकै टोलीले बाँके र बर्दियाको सीमा मानखोला नजीकैको जङ्गलमा लगेर बुधबार अन्त्येष्टि गरिएको थियो । शव खाल्डोमा हाल्नुअघि सेनाको टोलीले मृतक महिलाप्रति सलामी अर्पण गरेका थिए ।

शव व्यवस्थापन कार्यमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, नेपाली सेनाका कर्णेल नकुल थापा लागयतको पनि सहभागिता थियो । मृतक महिला ३१ जेठमा टाउकोमा चोड लागेको कारण उपचारका लागि नेपालगन्ज मेडिकल कलेमा भर्ना भएकी थिइन् ।

सेनाद्वारा कोरोना सङ्क्रमितको शव व्यवस्थापन

कोरोना सङ्क्रमणबाट बुधबार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएका कैलालीको गोदावरी नगरपालिका–१ का ४६ वर्षीय एक पुरुषको शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गरेको छ ।

नेपाली सेनाको शव व्यवस्थापन टोलीले मृतकको शव धनगढीको मोहना घाटमा व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।मृतकको शव सरकारले तयार गरेको मापदण्ड अनुसार प्रक्रिया पु¥याएर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । शव व्यवस्थापनका क्रममा सेनाका तोकिएका व्यक्ति बाहेक मृतकका आफन्तले टाढैबाट हेरेको बताइएको छ ।

Related Articles

Back to top button
Close