vada
News

कतारबाट यात्रु र शव लिएर काठमाडौं आइपुग्यो जहाज

काठमाण्डौ / विश्वभर फैलिरहेको कोरोना महामारीका कारण कतारमा अलपत्र ४३ जना नेपालीलाई स्वदेश ल्याइएको छ । ४३ जना यात्रु र २० वटा शव कतार एअरवेजको चार्टर्ड जहाज केहीबेरअघि त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार बर्दिया मोतिपुरका सिकराम थारु, सर्लाहीको ईश्वरपुरका अरुनकुमार पजियार, महोत्तरीका शिवशंकर रावत, धनुषाका छुत्रवा मण्डर खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यामबहादुर थापा, सिरहाका कसिन्द्र यादव, सर्लाहीका कसिन्द्र यादव र मनोज पासवान र महोत्तरीका अनिल चौधरीको शव आएको छ ।

यस्तै कपिलवस्तुका मोहम्मद अलाम मुसलमान, सिरहाका मुस्तक सैश र रुपेशकुमार मण्डल, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापा मगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङ्का युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा, उदयपुरका मिनबहादुर थापा, सुर्खेतका निरबहादुर कामी र भोजपुरका मंगलबहादुर तामाङको शव आएको कार्यकारी निर्देशक श्रेठले जानकारी दिनुभयो ।

त्यस्तै आज बिहान साउदी अरेबियाको दमामबाट हिमाल एयरलाइन्सले अलपत्र नेपाली यात्रु लिएर आएको हो । आजैनै केहिबेर अघि युएईबाट पनि यात्रू र शव लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको हो ।

Related Articles

Back to top button
Close