News
३ वर्षीय निमादोर्चीको मुटु प्वाल सहयोग माग गर्दै आफन्त
खुम्बु पासाङ ल्हामु गाउँपालिका– ४ खुम्जुङका ३ वर्षीय निमादोर्ची शेर्पाको मुटुमा प्वाल परेको छ। उनको उपचारमा रकम अभाव भए उनी मृत्युको पर्खाइमा छन्। ६ महिना अघि बाबुको मृत्यु भयो तर त्यस पछि आमाले छाडेर अर्कोसँग विवाह गरे पछि उनको विचल्ली भएको छ।
घरमा सिकीस्त भए पछि गाउँका आफन्तले रेस्क्यू गरेर काठमाडौंको गंगालाल अस्पताल भर्ना गरिदिएका थिए। हाल उनी सल्याकृयाको पर्खाइमा औषधिको भरमा कपन स्थित आफन्तको घरमा बस्दै आएका छन्। दुई छोर र दुई छोरी मध्ये उनी सबै भन्दा सानो हो । १६ वर्षीया दिदीले उनको हेरचाहा गर्दे आए पनि आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै सबैले सहयोग गरेर भाई बचाइ दिन उनले माग गरिन्। उनका आफन्छ छुन्डी शेर्पाले भने अभिभावक गुमाएर विचल्लीमा छ मर्नु त दिनु भएननी सबैले सक्ने सहयोग गरिदिए वच्चाले नयाँ जीवन पाउने थियो उनले भने,।