Video

अशोक दर्जीको एकल स्वरमा नयाँ गीत सार्वजनिक ( हेर्नुहोस् भिडियो )

काठमाडौं ०५ असार / केहिबर्ष अगाडि झापाको सडक र चौंक चौंकमा गीत गाउँदै हिड्ने बालक अशोक दर्जी यतिबेला उनी चर्चित बाल गायक बनेका छन् । “मन बिनाको धन ठुलोकि धन बिनाको मन” बोलको पहिलो गीत सर्वाधिक चिनिएका बाल गायक अशोक दर्जीको एकल स्वरमा नयाँ गीत बजारमा आएको छ ।

चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको शब्द संगीतमा रहेको “प्रणाम” बोलको गीतमा अशोक दर्जीले पहिलोपटक एक स्वर दिएका हुन् । यसअघिका उनको गीतहरुमा टंक बुढाथोकी र ए आर बुढाथोकीको पनि स्वर रहेको थियो ।

गीतको गीतको भिडियोमा बाल गायक ए आर बुढाथोकी र अशोक दर्जीलाई देख्न सकिन्छ । नवराज उप्रेतीको खिचेको भिडियोलाई टंक बुढाथोकीले निर्देशन गरेका हुन् । अशोकले गीत मार्फत भनेका छन् “मलाई माया गर्ने सबैलाई प्रमाण” “पढ्न पाए अगाडि बढ्न पाए मलाई मौका दिने हजुरलाई प्रणाम, मलाई खुशी दिनेलाई प्रणाम ।” गीतको पूरा भिडियो हेर्नुहोस् :

भिडियो हेर्न यहा क्लिक गर्नुहोस //

Related Articles

Back to top button
Close