vada
News

लोकदोहोरी गायिका विष्णु माझीकी आमाको ५८ वर्षको उमेरमा निधन

स्याङजा – लोकदोहोरी गायिका विष्णु माझीकी आमा धर्मकुमारी माझीको ५८ वर्षको उमेरमा निधन भएको छ ।स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर-८ मा रहेको आफ्नै घरमा उहाँको निधन भएको परिवारले जनाएको छ । लामो समयदेखि उच्चरक्तचापको बिरामी रहनुभएकी माझीको शुक्रबार निधन भएको हो । विष्णु माझीकी आमा धर्मकुमारी माझीको शुक्रबार निधन भएको लोक गायक खेम भण्डारीले जानकारी दिनुभयो ।उहाँका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् ।

Related Articles

Back to top button
Close