News

पर्वतको दुर्लुंङ पहिरो पीडितलाई बेलायतबाट समाजसेवी ईशा गुरुङको सहयोग !

लक्ष्मण बिसि,फलेवास
पर्वतको कुस्मा नगरपालिका वडा नं.३ दुर्लुङ ढकालबारीमा गत जेठ ३१ गते गएको पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत बितरण गरिएको छ । बेलायतमा बस्ने बरिष्ठ समाजसेवी इशा गुरुङले पठाएको राहत रकम रामबाबु सेवानले मृतकका परिवारलाई दुर्लुङमै पुगेर बुधबार बितरण गर्नुभएको रोजगारीको सिलसिलकमा कतारमा रहनुभएका गुरुङका साथि तथा समाजसेवि सुर्य बिसिले जानकारी दिनुभयो ।

जन्मघर पोखरा भै हाल बेलायतमा रहनुभएकी समाजसेवी गुरुङले नेपालका बिभिन्न ठाउंमा समस्या र अप्ठ्यारोमा परेका ब्यक्तिहरु, जटिल रोगका बिरामी, अशंक्त, असाहय, दुखि र पिडितहस्लाई सहयोग गर्दै आइरहनुभएको छ । पर्वतको कारुणिक घटनाको बारेमा सामाजिक सन्जालबाट थाहा पाएपछी आंफुले दुखेको घाउमा थोरै भएपनि मलम होस भनेर सहयोग गरेको उहाँले बताउनुभयो ।

पहिरोमा परी मृत्यु भएका ९ जना मध्ये अति समस्यामा परेका ३ जना परिवारलाई प्रति परिवार नगद रु १० हजार र ३ बोरा चामल बितरण गरिएको छ ।
सबै जना सहयोगी मनहरुले पीडितलाई सहयोग गर्न गुरुंङले आग्रह गर्नुभएको छ । गुरुंङले भन्नुभयो “हामी नेपाली एकदमै मनकारी छौं यस्तो बेलामा मलाई थाहा छ धेरै सहयोगदाताहरु अगाडी आउनु हुनेछ ।”
कुस्मा नगरपालिका वडा नंबर ३ दुर्लुंगमा गत जेठ ३१ गते राती ठुलो पहिरो जांदा दुई घर पुरिदा ९ जनाको मृत्यु भएको थियो । पीडित परिवारलाई राहत आउने क्रम जारी रहेको छ ।

Related Articles

Back to top button
Close