vada
News

बलिउडमा हंगामा : सलमान र करणको फिल्म ब’हिष्कार अभियान गर्ने अभियान शुरु

काठमाडौँ। सुशान्त सिंह राजपूतको मृ’त्युपछि सोसल मिडियामा नातावादको विषयमा बहस सुरु भएको छ । सुशान्तका प्रशंसक मात्रै होइन, फिल्मी उद्योगका थुप्रैले इनसाइडर–आउटसाइडरको मु’द्दा उठाएका छन् । यसै बहसबीच करण जोहर र सलमान खानसहित ठूलो निर्माण कम्पनी सुशान्तका प्रशंसकको निशानामा परेका छन् । प्रशंसकका अनुसार नातावाद र पक्षपातका कारण सुशान्तले फिल्मी क्षेत्रमा काम पाउन कम भएको थियो ।सुशान्तका प्रशंसकले सलमान खान, करण जोहर र यशराज फिल्म्स नामको निर्माण कम्पनीलाई बोयकट गर्नका लागि अनलाइन याचिका सुरु गरेका छन् । बिहिबार बिहानसम्म २५ लाख १५ हजार बढीले साइन गरिसकेका छन् जबकी लक्ष्य ३० लाख राखिएको छ ।

यसमा लेखिएको छ, ‘करण, यशराज फिल्म्स, शाहरुख खान, भंसालीसमेत केही यो समूहका सदस्य हुन् । उनीहरुको आशिर्वाद बिना तपाईंले बलिउडमा केहि पनि गर्न सक्नुहुन्नँ । यो लज्जाको कुरा हो ।’ यसमा थपिएको छ, ‘हामी यो पिटिशनमार्फत् नेटफ्लिक्स, अमेजन प्राइम र हटस्टारलाई यहाँ उल्लेखित प्रोडक्सन हाउसेसको फिल्म प्रवद्र्धन नगर्न आग्रह गर्छौं । धेरै फिल्म बनाउने उद्योग नातावादलाई महत्व दिनेहरुको नियन्त्रणमा छन् । के बलिउड एउटा यस्तो भाँडो हुनु पर्दैन, जसमा क्षमता, मिहिनेत, समर्पणमार्फत् सफलता हासिल गर्न सकियोस्, जस्तो कि अन्य व्यवसायमा हुन्छ ।’

‘होइन, तपाईं एउटा वंश विशेष, क्षेत्र विशेष र निश्चित थर भएको व्यक्ति हुनुपर्छ । तबमात्र तपाईं टिक्न सक्नुहुन्छ । नभए तपाईं त सधैं आउटसाइडर नै हुनुहुनेछ । सुशान्तलाई अप्रत्यक्ष रुपमा सताइयो र बे’इज्जत गरियो । करण जोहर, आलियो र कपूर परिवारका स्कूल छोडेकाहरु विपरित उनी एक समझदार, बुद्धिजिवि र पढेलेखेका व्यक्ति थिए,’ उक्त अनलाइन याचिकामा लेखिएको छ । सुशान्तले आइतबार आ’त्मह’त्या गरे । उनी विगत ६ महिनादेखि डि’प्रेशनसँग जु’धिरहेको बताइन्छ । त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो ।

यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् । उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

Related Articles

Back to top button