vada
News

भारतमा जलाइयो नेपाली झण्डा – भिडियो

काठमाडौँ । नेपालको संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा तथा निशान छाप पारित गरेसँगै भारतमा नेपालविरोधी आवाजहरू उठ्न थालेका छन् ।

लामो समयदेखि भारतको नियन्त्रण रहेको उक्त क्षेत्रलाई समेट्दै सरकारले नक्सा सार्वजनिक गरेसंगै भारत नेपालसँग चिढिएको हो । भारतीय मिडियाहरू नेपालमामाथि खनिइरहेका बेला भारतीय नागरिकहरूले पनि नेपालको विरोध गरिरहेका हुन् ।

आफूलाई अल इन्डिया मजजिस इत्तिहादुल मुस्लिमीनन पार्टीका कार्यकर्ता बताउने इसरार अहमद नामको फेसबुकबाट नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो सार्वजनिक भएको हो ।

त्यस्तै फेसबुकमा इसरारले भारतले नेपालमाथि सर्जिकल स्ट्राइकर गर्न समेत आग्रह गरेको छ । आफूहरूले कालापानीमा भारतको झण्डा फहराउने भन्दै भारतले नेपालको सीमा समेत सिल गर्नुपर्ने लगायत माग अघि सारेको छ ।

नेपालको झण्डा जलाइएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । नेपालको छिमेकी मुलुकमा यसरी राष्ट्रिय झण्डा जलाइनुलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने प्रतिक्रिया समेत सामाजिक संजालमा आइरहेका छन् ।

राष्ट्रिय झण्डा जलाएको उक्त भिडियोलाई लिएर देश विदेशमा रहेका नेपालीहरूले खेद प्रकट गरेका छन्

Gepostet von Israr Ahmed am Sonntag, 14. Juni 2020

Related Articles

Back to top button
Close