News

साउदीमा अलपत्र परेका १ सय ५४ नेपाली एकाबिहानै काठमाडौं आइपुग्यो

काठमाण्डौ ०५ असार / साउदीको दमामबाट १५४ जना नेपाली केहीबेरअघि काठमाण्डौ आइपुगेका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको हो पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एअरलान्सले दोस्रो उडान भोलि शनिबार भर्नेछ । या उडानमार्फत स्वदेश फिर्तीका लागि २२६ प्राथमिकतामा परेका छन् । यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्नेछ ।

यो उडानमार्फत स्वदेश फिर्तीका लागि ४४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ ।साउदीमा समस्यामा परेका अन्य नेपालीको स्वदेश फिर्तीको लागि प्रक्रिया अघि बढेको पनि दूतावासले जनाएको छ ।

Related Articles

Back to top button
Close