News
एकाबिहानै थप २४ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ७, ८७२ पुग्यो
काठमाडौं- थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी सूचना अनुसार थप २४ जनामा कोरोना पुष्टि भएको हो।
नयाँ संक्रमितमा बाग्लुङका मात्रै १४ जना छन्। सो जिल्लाका गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा मात्रै ६/६ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, नवलपरासी पूर्वमा २, कास्की ६ र स्याङ्जामा २ जनामा संक्रमण पुष्टि भएको छ।
नयाँ संक्रमित सबै भारतबाट फर्किएका निर्देशनालयको सूचनामा उल्लेख छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ। नेपालभर भने ७ हजार ८ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ।