News

कोरोनाका कारण विहिवार २ जनाको मृ’त्यु भएको पुष्टि

काठमाडौं, ४ असार । विहिवार कोरोनाका कारण २ जनाको निधन भएको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विहिवार थप २ जनाको कोरोनाकै कारण निधन भएको पुष्टि गरेका छन् । एक जनाको बाँकेको अस्पतालमा र अर्को कैलाली स्थित अस्पतालमा निधन भएको हो । निधन हुनेमा एक महिला र एक पुरुष छन् ।

प्रवक्ता गौतमका अनुसार कैलालीको गोदावरी नगरपालिका९४ घर भएका ४६ वर्षीय पुरुषको बुधबार निधन भएको हो। सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो। मृतक पुरुषमा जेठ ३१ गते कोरोना पुष्टि भएको थियो। बुधबार राति उनको निधन भएको गौतमले जानकारी दिए।

त्यसैगरी कैलालीकै लम्कीचुहा नगरपालिका९२ की ४३ वर्षीया महिलाको समेत कोरोनाकै कारण निधन भएको पुष्टि भएको छ। जेठ ३१ गते टाउकोमा चोट लागेको र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी महिलाको सर्जरी गर्नु अघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। उनको बुधबार साँझ निधन भएको हो। दुवै जनाको नेपाली सेनाको टोलीले शव ब्यवस्थापन गरिसकेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ५५ हजार ५ सय १८ र आरडीटी विधिबाट दुई लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको छ। अहिलेसम्म कोरोना जित्नेको संख्या भने ११ सय ८६ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन्। अहिले क्वारेन्टाइनमा एक लाख १६ हजार २ सय १५ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

Related Articles

Back to top button
Close