vada
News

आज असार ४ गते काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

आज असार ४ गते काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि , काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । जसमा २ जना काठमाडौंका, १ जना ललितपुरका र ३ जना भक्तपुरका गरी ६ जनामा कोरोना संक्रमण देखिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको कोरोना परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो। गौतमका अनुसार ६७१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ७ हजार ८४८ पुगेको हो ।

नयाँ संक्रमितमध्ये ५९१ पुरुष र ८० महिला रहेका छन्। बुधबार मात्रै ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै आजथप १९ जना डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस विरुद्धको लडाईमा डेक्सामेथासोन पहिलो जीवन रक्षक औषधि साबित भएकाे दावि ,विश्वभरको वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन र औषधिको अनुसन्धान गर्न दिन रात लागि परिरहेका छन् तर अहिले सम्म पत्ता लाग्न सकेको छैन । यसैक्रममा जहाँसुकै सस्तो मूल्यमा उपलब्ध हुने औषधि डेक्समेथासोनले कोरोना भाइरस संक्रमित गम्भीर बिरामीहरूको ज्यान बचाउन सहयोग पु-याउन सक्ने निष्कर्ष निकालिएको छ ।

बेलायतका विज्ञहरूका अनुसार औषधिको थोरै मात्रामा प्रयोगले कोरोनाविरुद्धको लडाईमा ठूलो सफलता प्राप्त भएको बताईरहेका छन् । गम्भीर बिरामी परेको कारण भेन्टिलेटरको सहारा लिनु पर्ने बिरामीहरू यस औषधिको कारण तिनीहरूको मृत्युको जोखिम लगभग एक तिहाईले घटेको समेत जनाईएका छन् ।

काेराेना भाईरस ( काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

Related Articles

Back to top button