vada
News

अब कुकुर पाल्न अनुमति लिनुपर्ने

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिका क्षेत्रभित्र अब कुकुर पाल्न अनुमति लिनुपर्ने भएको छ । काठमाण्डौँ महानगरपालिकाले कुकुर पाल्न अनुमति लिनुपर्ने व्यवस्था गरेको हो । आर्थिक वर्ष २०७७/०७८ का लागि बिहीबार बजेट घोषणा गर्न आयोजित कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले कुकुर पाल्न पूर्वअनुमति अनिवार्य गरिएको बताए ।

यस्तै सडक दुर्घटना तथा रोगब्याधी फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बहुउद्देश्यीय परियोजनामार्फत छाडा पशु नियन्त्रण कार्यक्रम ल्याइने पनि नीति कार्यक्रममा उल्लेख छ ।

Related Articles

Back to top button
Close