vada
News

तनहुँमा माछा मार्ने खोलामा गएका बाबु–छोराको मृत्यु, आमा गम्भीर घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ। उक्त घटनामा आमा घाइते भएकी छन्।

विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो।

मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गरेका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र ९ महिनाका आदि ब्याम्बो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छन्।

करेन्ट लागेर तीनै जना घाइते भएका थिए। चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ। रासस

Related Articles

Back to top button