vada
News

अमेरिकी सेनाको जहाज काठमाडौँमा, नेपाली सेना र अमेरिकी सेनाले भोलिदेखि संयुक्त सैन्य अभ्यास गर्ने

काठमाण्डाै –

अमेरिकी सेनाको जहाज सोमबार काठमाण्डाैमा आइपुगेको छ ।

सोमबार काठमाण्डाैस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अमेरिकी वायु सेनाको विमान अवतरण भएको हो ।

अमेरिकी वायु सेनाको टोली युएस एअरफोर्सको सी १३० उडानमार्फत काठमाण्डाै आइपुगेको जनाइएको छ ।साे टोलीमा शिक्षार्थी छ जना र चालक दलका १० जना रहेका छन् ।

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रुपमा सञ्चालन गर्न लागिएको ब्यालेन्स नेल २२–५५३० तालिममा सहभागी हुन अमेरिकी वायु सेनाको टोली काठमाण्डाै आइपुगेको हो ।

नेपाली सेना र अमेरिकी सेनाले भोलि मङ्गलवारदेखि भदौको ३१ गतेसम्म संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।

२०६० सालदेखि हुँदै आएको एक्स ब्यालेन्स नेल अभ्यासको ३९ औँ संस्करणको तालिम भोलिदेखि सुरु हुने नेपाली सेनाले जनाएको छ ।

तालिमलाई रक्षा मन्त्रालयले स्वीकृति दिएको छ ।अभ्यासमा नेपाली सेनाको महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गण तथा अमेरिकी सेनाको टुकडी सहभागी हुनेछन् ।

नेपाली सेनाका ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने तालिम काठमाण्डौको छाउनी र नगरकोट क्षेत्रमा सञ्चालन हुनेछ ।

तालिमका लागि टुकडी क्याप्टेनको नेतृत्वमा अमेरिकी सेनाको टोली आज साेमवार नेपाल आइपुगको छ ।

Related Articles

Back to top button