vada
News

अष्ट्रेलियामा गुगललाई ६० करोड डलर जरिवाना तिराईयो , कारण यस्तो !

अष्ट्रेलिया ।

गुगललाई अष्ट्रेलियामा ६० मिलियन (करोड) डलर जरिवाना तिराइएको छ।

जनवरी २०१७ र डिसेम्बर २०१८ को बीचमा एन्ड्रोइड फोनमा आफ्नो व्यक्तिगत स्थानको डाटा संकलन र प्रयोग बारे केही उपभोक्ताहरूलाई भ्रममा पारेको भन्दै गुगलमाथि यतिधेरै जरिवाना तोकिएको हो।

अष्ट्रेलियाको उपभोक्ता संरक्षक अष्ट्रेलियन कम्पिटिशन एण्ड कन्ज्युमर कमिसन (एसिसिसि) ले गत वर्ष मात्रै गुगल विरूद्ध संघिय अदालतमा मुद्दा दर्ता गरेको थियो।

उक्त मुद्दाका क्रममा १३ लाख अष्ट्रेलियन नागरिक प्रभावित भएको भन्दै जरिवानाको माग गरिएको थियो ।

छानबिनका क्रममा गुगलले व्यक्तिगत पहिचान गर्न मिल्नेगरी प्रयोगकर्ताहरूको लोकेसन हिस्ट्री राखेको र वेभ एण्ड याक्टिभिटी सेटिङ मार्फत पनि व्यक्तिगत विवरण संकलन गरेको पाइएको थियो ।

सन् २०१८ पछि भने गुगलले यो विषय अन्त्य गरेको बताएको छ । एसिसिसिकी अध्यक्ष जिना क्यास गोटेलिबले ६० करोड डलर तिर्ने सहमति भएको जानकारि दिनुभयो ।

संघीय अदालतले गुगललाई नीति तथा शर्त प्रतिबद्धता सुनिश्चित गर्न र अष्ट्रेलियाली उपभोक्ता कानून बारे कर्मचारीहरूलाई प्रशिक्षण दिन आफ्ना नीतिहरू समायोजन गर्न पनि आदेशमा भनिएको छ ।

लोकेसन डेटाबारे सन्देशहरू तयार गर्न कुनै भूमिका नभएको भन्दै गुगल अष्ट्रेलियालाई भने छुट्टै जरिवानाबाट जोगाइएको छ ।

Related Articles

Back to top button