vada
International

Breaking: अष्ट्रेलियाको राजधानी क्यानबेरामा गोलीबारी, खाली गराइयो एयरपोर्ट

अष्ट्रेलिया

अष्ट्रेलियाको राजधानी क्यानबेरामा गोलीबारीको खबर आएको छ । गोलीबारीको यस घटनापछि विमानस्थल खाली पारिएको छ ।

एयरपोर्टमा गोली चलाउने व्यक्ति बन्दुक सहित पक्राउ परेका छन्। गोली चलेपछि टर्मिनल १ः ३० मा खालि गरि सबै उडान रद्द गरिएको थियो।

बन्दुकसहित एक जनालाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा रहेको र कुनै चोटपटक नलागेको पुष्टि गरेको छ।

प्रहरीले दिउँसो २ः४५ बजे एक विज्ञप्ति जारी गर्दै पक्राउ गरेको व्यक्तिले एक्लै काम गरेको हुनसक्ने जानकारी दिएको छ।

एक जनालाई नियन्त्रणमा लिई एक थान भरुवा बन्दुक बरामद गरिएको जानकारी प्रहरीले दिएको छ।

सिसिटिभी फुटेज समीक्षा गरिएको र यस समयमा हिरासतमा रहेको व्यक्ति मात्र घटनाको लागि जिम्मेवार व्यक्ति भएको विश्वास गरिएको छ।

गोली प्रहारको संख्या फरक छ। केही साक्षीहरूले कम्तीमा तीन पटक र कसैले १६ पटक फायरिङ भएको बताएका छन्। प्रहरीले यसबारे भने केही जानकारी दिएको छैन।

यो पनि – गुगललाई अष्ट्रेलियामा ६० मिलियन (करोड) डलर जरिवाना तिराइएको छ। जनवरी २०१७ र डिसेम्बर २०१८ को बीचमा एन्ड्रोइड फोनमा आफ्नो व्यक्तिगत स्थानको डाटा संकलन र प्रयोग बारे केही उपभोक्ताहरूलाई भ्रममा पारेको भन्दै गुगलमाथि यतिधेरै जरिवाना तोकिएको हो।

अष्ट्रेलियाको उपभोक्ता संरक्षक अष्ट्रेलियन कम्पिटिशन एण्ड कन्ज्युमर कमिसन (एसिसिसि) ले गत वर्ष मात्रै गुगल विरूद्ध संघिय अदालतमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दाका क्रममा १३ लाख अष्ट्रेलियन नागरिक प्रभावित भएको भन्दै जरिवानाको माग गरिएको थियो ।

छानबिनका क्रममा गुगलले व्यक्तिगत पहिचान गर्न मिल्नेगरी प्रयोगकर्ताहरूको लोकेसन हिस्ट्री राखेको र वेभ एण्ड याक्टिभिटी सेटिङ मार्फत पनि व्यक्तिगत विवरण संकलन गरेको पाइएको थियो ।

सन् २०१८ पछि भने गुगलले यो विषय अन्त्य गरेको बताएको छ । एसिसिसिकी अध्यक्ष जिना क्यास गोटेलिबले ६० करोड डलर तिर्ने सहमति भएको जानकारि दिनुभयो ।

संघीय अदालतले गुगललाई नीति तथा शर्त प्रतिबद्धता सुनिश्चित गर्न र अष्ट्रेलियाली उपभोक्ता कानून बारे कर्मचारीहरूलाई प्रशिक्षण दिन आफ्ना नीतिहरू समायोजन गर्न पनि आदेशमा भनिएको छ ।

लोकेसन डेटाबारे सन्देशहरू तयार गर्न कुनै भूमिका नभएको भन्दै गुगल अष्ट्रेलियालाई भने छुट्टै जरिवानाबाट जोगाइएको छ ।

Related Articles

Back to top button