vada
News

काठमाडौंको कोटेश्वरमा घरको छतबाट खसेर चित्रको मृत्यु

काठमाडौं, २६ साउन:

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरस्थित आफ्नै घरको दुई तला माथिबाट चिप्लिएर भुइँमा लड्दा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ५६ वर्षीय चित्र बहादुर तामाङ रहेका छन् ।

बिहीबार बिहान चिप्लिएर भुइँमा लडी गम्भीर घाइते भएका उनको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Related Articles

Back to top button