vada
News

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

धनगढी,०३ असार| कैलालीको गोदावरी नगरपालिका-६ लालपुरमा जीप र मोटरसाइकल ठोक्‍किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक समेत रहेका ग म्भीर कोटकेनीको घटनास्थलमै मृ त्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टका अनुसार बा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल ठो क्‍किँदा उनको मृ त्यु भएको हो ।

जीप चालक गौरीगंगा नगरपालिका-४ का जीवन विकलाई प्रहरीले नि यन्त्रणमा लिएको छ ।

Related Articles

Back to top button