vada
News

भाइरल फोटोभित्रको कथा : वृद्धाकी छोरी पनि बिरामी थिइन्, त्यसैले मैले नै बोकेर स्वास्थ्य चौकी लैजाने निर्णय गरेँ।

भाइरल फोटोभित्रको कथा : वृद्धाकी छोरी पनि बिरामी थिइन्, त्यसैले मैले नै बोकेर स्वास्थ्य चौकी लैजाने निर्णय गरेँ

भाइरल फोटोभित्रको कथा : वृद्धाकी छोरी पनि बिरामी थिइन्, त्यसैले मैले नै बोकेर स्वास्थ्य चौकी लैजाने निर्णय गरेँ
गुल्मीदरबार गाउँपालिकामा ८३ जना महिला स्वास्थ्य स्वयंसेविका छन् ।

तीमध्ये ४२ वर्षीया लीला थापा पनि हुन् । पछिल्लो समय थापाको तस्बिरले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा कमाइरहेको छ । १४ माघमा गुल्मीदरबार गाउँपालिका–३ की ७८ वर्षीया वृृद्धा देवकला टण्डनलाई पिठ्युँमा बोकेर उनले कोभिड–१९ विरुद्धको खोप लगाउन लगेको तस्बिरले देशका ठूला मिडिया, सामाजिक सञ्जाल र अभियन्तादेखि अमेरिकी राजदूतको समेत ध्यान खिचेको छ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****खोप अभियान सञ्चालन भएकाले सचेतना र खोप व्यावस्थापनमा हामी व्यस्त थियौँ । म पनि गाउँकै आमा समूहको छलफलमै थिएँ । सोही क्रममा स्थानीय फुर्सी घिमिरेले ७८ वर्षीया आमा देवकला टण्डनले अझै खोप नलगाएको सुनाइन् ।

अप्ठ्यारो सडक र वृृद्धावस्थाका कारण खोपकेन्द्रसम्म लैजान नसकेको छोरी फुर्सीले बताइन् ।खोप अभियानको अन्तिम दिन भएकाले उनीसँगै वृद्धा भएको ठाउँमा पुग्यौँ । सोही दिन गाउँमा एकजनाको मृत्यु भएकाले प्रायः पुरुष थिएनन् । टण्डनको घरबाट स्वास्थ्यचौकी पुग्न करिब आधा घन्टा मात्रै लाग्छ । वृद्धाकी छोरी पनि बिरामी थिइन् । त्यसैले मैले नै बोकेर स्वास्थ्य चौकी लैजाने निर्णय गरेँ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button