News

सुशान्तलाई बिदाई गर्दै गायिका नेहाले लेखिन् सबैलाई रुवाउने स्टाटस्

यो बर्ष बलिउडले थुप्रै सुपरस्टार चर्चित कलाकारहरु गुमाएको छ । केहिदिन अगाडि लोकप्रिय अभिनेता सुशान्त सिं राजपुतले ज्यान गुमाएपछि यतिबेला भारत शोकमग्न बनेको छ । अभिनेता सुशान्तलाई अन्तिमपटक सम्झिँदै भारतिय चर्चित नायिका नेहा कक्करले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् :

यो पनि पढौ / सुशान्त सिंह राजपूतले डिप्रेसनका कारण ज्यान फ्यालेको कुराले भारतीय मिडिया केहि दिन देखि तात्तिएको छ । क्यारियरको उच्च सफलता हासिल गरिरहेका सुशान्तलाई किन डिप्रेसन भयो भन्ने धेरै कुराहरु बाहिरिरहेको छ । यहि क्रममा अहिले सुशान्तलाई बलिउडका टप ७ निर्माताहरुले आफ्नो चलचित्रमा नखेलाउने भनेर घोषणा समेत गरेको खुलेको छ र यी ७ मध्य सलमान खान र कारण जोहर समेत रहेको रिपोर्ट आएको छ ।

भारतीय मिडियामा आएको रिपोर्ट अनुसार ७ निर्माताहरुले सुशान्त सिंहलाई आफ्नो चलचित्रमा नखेलाउने भन्दै हिंडेका थिए जुन कुरा सुशान्त सम्मले थाहा पाएका थिए । यो घटना करिब ६ महिना अघिको हो र यहि कारणले सुशान्त डिप्रेसनमा पुगेको बताईएको छ । ७ निर्माताहरु संग सुशान्त सिंह राजपूतको सफलतालाई अघि बढ्न नदिन आफ्नो चलचित्रमा नखेलाउने र अरुलाई समेत सुशान्तसंग काम नगर्न आग्रह गरिरहेको बुझिएको छ । सुशान्तले सानो समयमा ठुलो हासिल गरेका थिए र यसैका कारण सुशान्तलाई अघि बढ्न नदिन ग्रुपिजम चलेको र यो बारे थाहा पाए संगै सुशान्त डिप्रेसनमा पुगेको रिपोर्ट आएको छ ।

७ निर्माताहरुमा सलमान खानको नाम समेत उल्लेख गरिएको छ । सलमान खानले आफ्नो चलचित्रमा सुशान्तलाई नखेलाउने भनेर उल्लेख गरेका छन् । सलमान संगै कारण जोहरले समेत अब देखि सुशान्तलाई चलचित्रमा नखेलाउने भनेका छन् । कारण जोहरले सुशान्तलाई लिएर ड्राइभ भन्ने चलचित्र बनाएर तर सुशान्त संग रिसाएपछि उक्त चलचित्रलाई हालमा रिलिज नगरेर नेट फ्लिक्समा रिलिज गरिदिए जसले सुशान्तको क्यारियरमा केहि धक्का लागेको थियो । त्यस्तै साजिद नाडीवाड्वालाले समेत सुशान्त लाई लिएर अब देखि चलचित्र नबनाउने बताएका थिए ।

आदित्य चोपराले समेत सुशान्तलाई आफ्नो ब्यानरबाट बन्ने चलचित्रमा सामिल नगराउने निधो गरेका छन् । आदित्य चोपराको कनटृयाक्टका कारण सुशान्तले केहि राम्रो चलचित्रहरु गुमाउनु समेत परेको थियो । त्यस्तै एकता कपूरले समेत सुशान्तसंग रिसाएको र आगामी दिनमा सुशान्तसंग कुनै किसिमको काम नगर्ने बताएकी छिन । भुषण कुमार र दिनेश भिजनले समेत सुशान्तसंग कुनै किसिमको काम नगर्ने बताएका थिए । सुशान्तको सफलता देखेर बलिउडमा धेरै जलेका थिए र यसै कारण उनलाई राम्रो ब्यानरमा काम गर्न नदिन खेल खेलिएको उल्लेख गरिएको छ ।

Related Articles

Back to top button
Close