vada
Entertainment

यी हुन् फुटबल टिमका पूर्वकप्तान किरण चेमजोङकी प्रेमिका एयरहोस्टेस कञ्चन

काठमाडौं :

नेपाली फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले मैदानमै प्रेमिकालाई औठी लगाउद विवाहको प्रस्ताब राखेपछि अहिले यो विषयले सामाजिक संजाल गर्माएको छ ।

उनले पे्रमिका कञ्चन न्यौपानेलाई विवाहको प्रस्ताब राखेका हुन् । कञ्चन पेशाले एयरहोस्टेस हुन ।उनी श्री एयरलाइन्समा कार्यरत छिन् ।उनी सुन्दरतामा उनी कुनै नायिका वा मोडलभन्दा कम छैनन् । एक फ्यानगर्लका रुपमा किरणसँग नजिकिएकी उनी अन्नत प्रेमिका बनेरै छाडिन् अब भने यो जोडीले बिहे गर्ने पनि पक्का भयो ।

हिजो माल्दिभ्समा आयोजित फुटबल लिगको उपाधि जितेसँगै किरणले कञ्चनलाई दुनियाँसामू परिचित गराइदिए । कञ्चनलाई प्रेमिका भनेर चिनाइरहदा कन्चनमा कुनै खुशीको सीमा थिइन् । आफ्नो टिमका सामुन्ने प्रेमिकालाई लगेर उनले रोमान्टिक आसनसहित औंठी लगाइदिएपछि बिहे पक्का जस्तै भएको हो ।

Related Articles

Back to top button