vada
News

हिमानी शाह र पारस शाहको यसरी भयो पुनर्मिलन …

काठमाडौँ / पूर्वयुवराज्ञी हिमानी शाह आफ्नो दुई छोरी पुर्णिका र कृतिकासँग सामाजिक सञ्जाल टिकटकमा रमाइरहेको भिडियो अहिले भाइरल भइरहेको छ ।

छोरी पुर्णिका र कृतिका शाहको टिकटक एकाउन्टमा राखिएको भिडियो धेरै भए पछी पूर्व युवराज पारस शाहले पनि सामाजिक संजालमा लब साइन सहित उक्त टिकटक भिडियो आफ्नो प्रोफाइलमा राखेका छन ।

सम्बन्ध बिग्रियो भन्नेहरूको लागि आफ्नो परिवारलाई उत्ति कै माया गर्छन भन्ने यो एउटा प्रमाण देखाइदिएका छन् । पारसले पत्नी हिमानी र छोरीहरु पुर्णिका र कृतिकाको टिकटक भिडियो शेयर गर्दै लेखेका छन् – ‘फ्यामिली’ र चेम्बर अफ माई ग्रेट’ ।

सोमवारमात्र एउटा टिकटक भिडियो भाइरल भएको पूर्व युवराज्ञी हिमानी शाहको छोरीहरुसंग रमाइलो गरेको अर्को टिकटक भिडियो पनि सार्वजनिक भएको छ ।

सोमवार अपलोड भएको भिडियो एकै छिनमा भाइरल भएको थियो । मंगलवार विहानै देखि फेरी अर्को टिकटकको भिडियो सार्वजनिक भएसंगै भाइरल भएको छ । सोमवार सार्वजनिक भएको सोही भिडियो पूर्वयुवराजले पारसले शेयर गरेका हुन् ।

हिमानीले छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटककामा अभिनय गरेकी छन् ।छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र लकडाउनका कारण अहिले उतै अड्किएकी हिमानी छोरीका साथमा रमाइलो गरिरहेकी छन् ।

Related Articles

Back to top button
Close