vada
News

कोरोनावाट थप एक महिलाको निधन, अर्घाखाँचीमा आरडिटी पोजेटिभ आएका पुरुषले गरे देहत्याग

बुटवल, ३ असार । क्वारेन्टिनमा बसेका एक युवाले देहत्याग गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा बसेका र कोरोनाको प्रारम्भिक जाँच आरडिटी रिपोर्ट पोजेटिभ आएका पुरुषले देहत्याग गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले देहत्याग गरेको प्रहरीले जनाएको छ । उनको पिसिआर परिक्षणको तयारी गरिएको छ ।

विद्यालयको कोठामा साथीसंगै बसेका उनी झु’ण्डिएको अवस्थामा मृ’त फेला परेका हुन् । उनी अन्य दुई साथीसंगै बस्दै आएका थिए । संगै बसेका साथी निदाएको बेलामा उनी झु’ण्डिएको बताइएको छ । वडा अध्यक्ष कमल पौडेलले घटनाको पुष्टि गर्दै २४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको बताए । पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको भएपनि त्यसको रिपोर्ट आएको छैन उनी २५ दिन अघि भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनी बसेको क्वारेन्टिनमा अन्य २५ जना बस्दै आएका छन् ।

कोरोना सं क्रम णका कारण नेपालमा थप एक जनाको निधन भएको छ। कोरोनाबाट बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको निधन भएको हो। योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या २० पुगेको छ। कोरोना कारण यसअघि १९ जनाको निधन भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिइसकेको छ।

बैजनाथ-६ का वडाध्यक्ष भद्रबहादुर बस्नेतका अनुसार दीर्घरोगी ती महिलाको सोमबार राति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हो। निधन हुनुभन्दा करिब २ घण्टाअघि लिइएको स्वाब परीक्षणको रिपोर्ट मंगलबार बेलुका पोजिटिभ आएको उनले बताए। उनलार्य दम, मिर्गौला, प्यारालाइसिसको पुरानो समस्या रहेको बताइएको छ । उनको असार १ गते निधन भएको हो ।

वडाध्यक्ष बस्नेतका अनुसार अहिले ती महिलाको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमै छ। ‘त्यसको रिपोर्ट नआउन्जेल अस्पतालले शव आफन्तलाई नदिएका कारण अस्पतालमै राखिएको हो । मंगलबार बेलुका कोरोना पोजिटिभ रिपोर्ट आएको सूचना पाएपछि उनको अन्त्यष्टिको लागि छलफल भइरहेको छ ।

अब आजै अस्पतालले आफन्तलाई बोलाएर कोरोनाको विधिबाट शव व्यवस्थापन गर्ने तयारी रहेको वडाध्यक्षले जानकारी दिए । उनका अनुसार ती महिला नेपालगन्ज मेडिकल कलेज जानुभन्दा अघि बैजनाथ गाउँपालिकाकै वडा नम्बर ५ मा रहेको योगी मेडिकल हलमा पनि उपचारका लागि केही घण्टा बसेकी थिइन्। त्यहाँको उपचारले सञ्चो नभएपछि उनी नेपालगन्ज मेडिकल कलेज गएकी थिइन्।

Related Articles

Back to top button