vada
News

बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं – बुधबार नेपाली बाजारमा सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ८९ हजार ७ सयमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज एक सय रुपैयाले बढेर प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ६५ रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

Related Articles

Back to top button