News

विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमा स्वदेश ल्याउन आदेश

काठमाडौं, ०२ असार / कोरोना भाइरसको महामारीको समयमा विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने क्रम जारी छ ।

यसै क्रममा सर्वोच्च अदालतले फर्कन चाहेका अलपत्र नेपालीलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट स्वदेश फिर्ता गर्न सरकारको नाममा आदेश जारी गरेको छ । सर्बोच्चले सरकारले कोषबाट रकम प्रयोग गरेर फर्काउनु पर्ने व्यक्तिको हकमा केही मापदण्ड पनि तोकेको छ ।

जस्मा रोजगारदाता कम्पनीबाट हवाई टिकट नपाएका, आफ्नो खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थामा रहेका र कुटनीतिक नियोग वा श्रम सहचारीबाट उद्धार गर्नुपर्ने भनी प्रमाणित भएका अवस्थाका नेपालीहरुलाई सरकारले कोषको रकम प्रयोग गरेर फर्काउनु पर्ने आदेश दिएको हो ।

न्यायाधिशहरु डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाल सहितको इजलाशले सो आदेश दिएको हो ।

सरकारले ठूलो धनराशी तिरी नेपाल फर्कन चाहनेलाई जहाज चाटर्ड गरी विभिन्न मुलुकमा पठाउने तयारी गरेको थियो । रकम तिर्न नसकी विदेशमा अलपत्र परेका नेपालीहरुलाई निशुल्क रुपमा स्वदेश फर्काउन माग गर्दै अधिवक्ता सोमप्रसाद लुईटेलले रिट निवेदन दायर गर्नु भएको थियो ।

Related Articles

Back to top button
Close