vada
News

यसकारण सलमानको परिवारमाथि लाग्यो गम्भिर आरोप

एजेन्सी / बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । पछिल्लो समय अभिनेता सुशान्त सिंह राजपूतको निधनले बलिउडसँगै उनी पनि शोकमा छन् । अहिले सुशान्तले बलिउडमा बढ्दो नातावादका कारण आफ्नो ज्यान फालेको हुन सक्ने अनुमान लगाइएको छ ।

यसै बिषयलाई लिएर बलिउडमा अहिले नातावादको विषयमा बिभिन्न कुराहर भइरहेका छन् । यस्तो अवस्थामा फिल्म ‘दबंग’ का निर्देशकले भने सलमानका परिवारलाई एक आरोप लागएका छन् ।

निर्देशक अभिनव कश्यपले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सलमानको परिवारलाई आरोप लगाएका हुन् । उनले सामाजिक सञ्जालमार्फत सलमानको परिवारले करिअर बर्बाद पारेको बताएका छन् ।

उनले भनेका छन् ‘मेरो अनुभव अलग छैन । म आफैं पनि शोषण र बुलिङको भुक्तभोगी हुँ । दश वर्षअघि ‘दबंग २’ बाट म यसकारण हटेँ कि अरबाज खानले सोहेल खानसँग मिलेर पूरै फेमिली बुलिङको माध्यमबाट मेरो करिअर कन्ट्रोल गर्न चाहन्थे ।

मेरो दोस्रो प्रोजेक्ट श्री अष्टिविनियाक फिल्म्ससँग थियो तर अरबाजले षड्यन्त्र गरे । जसले गर्दा मैले त्यो फिल्म गर्न पाइनँ ।’

Related Articles

Back to top button
Close