International

भारतमा काेराेनका कारण एकैदिन ६९ जनाकाे मृत्यु, २३ सय बढी संक्रमित

काठमाडाैं, २० वैशाख । कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा शनिबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार २ सय २३ पुगेकाे छ भने संक्रमितकाे संख्या ३७ हजार २ सय ५७ पुगेकाे छ । यसैबीच १० हजार जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा २ हजार ३ सय ९४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६९ जनाको मृत्यु भएको छ । भारतमा शुक्रबार बिहनसम्म मृत्यु हुनेकाे संख्या १ हजार १ सय ५४ थियाे भने संक्रमित हुनेकाे संख्या ३४ हजार ८ सय ६३ थियाे ।

काेराेनाकाे संक्रमण बढ्दै गएपछि भारतीय सरकाले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएकाे छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । पुन १५ अप्रिलमा दोस्रो चरणको लकडाउन थपिएको थियो । दोस्रो चरणको लकडाउन मे ३ (बैशाख २१) मा सकिँदै छ ।

Related Articles

Back to top button
Close