vada
News

यति ठुली भइन ‘बजरंगी भाइजान’की मुन्नी

मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ रिलिज भएको पाँच वर्ष पूरा भएको छ। यो फिल्ममा सलमानसँगै अर्का एक कलाकारको अभिनय दर्शकले भुल्न सकेका छैनन्, ती हुन् बालकलाकार मुन्नी। उनको वास्तविक नाम हर्षाली मल्होत्रा हो। तर उनी आफ्नो नामभन्दा मुन्नीकै नामबाट चिनिन्छिन्।सन् २०१५ को बलिउडको सुपरहिट फिल्म बनेको बजरंगी भाइजानमा सुपरस्टार सलमानसँग काम गर्नुका साथै भावुक भूमिकाका कारण उनी अहिले पनि दर्शकको मनमा बसेकी छन्।

उक्त फिल्ममा उनी भारतमा छुटेकी एक बोल्न नसक्ने पाकिस्तानी बालिकाको भूमिकामा देखिएकी थिइन्। उनलाई पाकिस्तानस्थित घरमा पु¥याउन सलमानले गरेको संघर्ष नै फिल्मको कथा हो। यो फिल्म सलमानको सुपरहिट फिल्ममध्येको एक हो।अन्पुर्ण पोष्टमा खबर छ ।

हर्षिका सात वर्षको हुँदा ‘बजरंगी भाइजान’ फिल्ममा अभिनय गरेकी थिइन्। अहिले उनी १२ वर्षकी भइन्। यो पाँच वर्षमा उनी निकै परिवर्तन भएकी छन्। उनले गत बुधबार आफ्नो जन्मदिन सेलिबे्रट गरिन्।

Related Articles

Back to top button
Close