Video

ऐतिहासिक नक्सा पासपछि चर्चित भारतीय गायकले नेपाललाई दिए कडा चेताबनी

भनिन्छ, कलाकार सधैँ भूगोलभन्दा माथि हुन्छन् । तर चर्चित संगीतकार तथा गायक अदनान सामीको हकमा यो लागु हुँदैन । उनी अन्य देशको सार्वभौमिकतामाथि प्रश्न उठाइरहन्छन् । विशेषगरी, आफ्नै जन्मभूमीविरुद्ध राजनीतिक अभिव्यक्ती दिएर चर्चामा आउँछन् । यसपटक उनले नेपालविरुद्ध निशाना साँधेका छन् । नेपालको सार्वभौमिकताविरुद्ध प्रहार गर्दै उनले एउटा ट्वीट गरेका छन् । जहाँ, एउटा सिंह र बिरालो आमने सामने भएको देखाइएको छ र क्याप्सन लेखेका छन् – ‘डियर नेपाल सिरियस्ली’ ।

भूगोल र शक्तिका आधारमा राज्यको सार्वभौमसत्ता तुलना गर्ने अदनानको यो कमजोर मानसिकताले उनका नेपाली समर्थकहरुलाई आघात परेको छ । तर, उनको हर्कत बुझ्नेहरुका लागि यो नौलो होइन । हेर्नुहोस

Related Articles

Back to top button
Close