vada
News

दिनदहाडै काठमाडौँको भव्य घरभित्र विशाल सर्प पसेपछि नागदेवता र भगवान विष्णु भगवान् भन्दै तस्विर खिचियो

काठमाडौं । तपाईको घरमा कहिल्यै सर्प पसेको छ की छैन ? सर्प पसिहाले के गर्नुहुन्छ ? तपाई सर्पविज्ञलाई बोलाएर उद्धार गर्नुहुन्छ की मट्टीतेल छर्केर भगाउनुहुन्छ ? वर्षायाम सर्पको बिगबिगी हुन्छ। यस्तो बेलामा विषेशगरी बलबालिका यसको जोखिम बढ्ने हुँदा सबैले सतृकता अपनाउन जरुरी छ ।

यसैबिच यतिबेला काठमाडौंका विशाल घरहरुमा पनि विशाल सर्प देखिन थालेका छन् । गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत पत्रकार लक्की चौधरीको घरभित्र विशाल सर्प पसेपछि उनले ४ बजेसम्ममा सर्पको विदाई गरेको भनेर सामाजिक संजालमा पोस्ट गरेका छन् । उनले आफ्नो फेसबुकमा सर्पदेवताको आज विहानै घरमा आगमन भयो र साँझ ५ बजेतिर घरबाट विदाई गरियो । जय सर्पराज, यहाँको आगमनले हामी आभारी छौं ।

उनले सामाजिक संजालमा सर्पसहितको तस्विर पोस्ट गरेपछि कमेन्ट विभिन्न कमेन्टहरु आएका छन् । तस्वीरमा रातो देखिएको विशाल सर्पलाई कतिपयले देवताको आगमन भनेका छन् भने केहीले नागदेवता, नागराजाको आगमन भएको भनेका छन् भने केहीले भगवान विष्णुको अवतारको संज्ञा दिउका छन् ।

हेर्नुहोस यति काम गरियो भने सर्पको टोकाइबाट सजिलै बच्न सकिन्छ

गर्मी सुरुभएपछि धेरै मानिसले अकालमा सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन् । विषालु सर्पको टोकाइबाट विशेषगरी तराई क्षेत्र का मािनसले ज्यान गुमाउन बाध्य छन् ।सर्पदंश नेपालमा जनस्वास्थ्यका लागि ठूलो समस्याको रूपमा रहेको छ । यसको समयमै निक्योल हुन नसके आँउदो वर्षहरुमा पनि सपैले टोकेर अकालमा ज्यान गुमाउनु पर्ने हुन्छ ।त्यसैले सर्पको टोकाइबाट हामी आँफैपनि सचेत हुन पर्छ ।

जस्तै हामी राति अँध्यारोमा हिँड्दा सजग हुनुपर्छ । सकभर बत्ती बालेर वा लौरो टेकेर हिँड्नुपर्छ । भुइँमा सकभर नसुत्ने र सुतेमा अनिवार्य झुल लगाउने बानी गनुपर्छ । सर्प हुन सक्ने ठाउँबारे बालबालिकालाई सचेत गराउनुपर्छ । त्यस्तै, बिषालु सर्पको टोकाइबाट हुन सक्ने समस्याबारे जानकारी दिएमा यसबाट बँच्न सकिन्छ ।

घर तथा खेल मैदानवरिपरि सफा राख्ने तथा झाडी, ढुंगा, हिलो तथा पातको थुप्रो बनाए राख्नु हुँदैन सजले सर्प बसेको थाहा नहोस ढुंगा वा कुनै वस्तु थुपारेर राखेको ठाउँमा काम गर्दा सजग हुन पर्छ ।

त्यस्तै यदि सर्पले टोकी हालेमा सर्बप्रथम बिरामीलाई शान्त पर्ने काम गर्नुपर्छ । बिरामीलाई सजिलोगरी सुताइ टोकेको ठाउँवरिपरि प्रेसर ब्यान्डेज लगाउने घाउ बढी नचलाउने । टोकेको ठाउँमा रबर वा डोरीले कडा गरी बाँध्नुहुँदैन, ताकि रक्तसञ्चारमा अवरोध नआओस् ।सकेसम्म छिटो स्वास्थ्य संस्थामा लैजानुपर्छ । बिरामी सम्हालिन गाह्रो हुने भएकाले साथीसँग जानु पर्छ ।

Related Articles

Back to top button