News

सुशान्तको मृत्य बलिउड परीवारवादले निम्ताएको योजनावद्ध ह’त्या हो : कंगना

बलिउड नायक सुशान्त सिंह राजपुतको नि’धनको घ’टनासँगै बलिउडमा फेरि एकपटक ‘परिवारवाद’को बिषयले चर्चा पाएको छ । चलचित्र क्षेत्र भन्दा बाहिरबाट आएका कलाकारलाई बलिउडले महत्व नै नदिने भएकाले धेरै कलाकार डि’प्रेशनमा जाने र कतिपयले आ’त्महत्याको बाटो अपनाउने गरेको टिप्पणी भैरहेको छ ।

नायिका कंगना रनावतले यो बिषयमा भिडियो सार्वजनिक गर्दै आ’क्रोश व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्–‘सुशान्त दर्शकलाई आफ्नो चलचित्र हेरिदिन आग्रह गरिरहेका थिए । उनलाई चलचित्र क्षेत्रले आफ्नोपनको आभाष नै गराउन सकेन । ‘छिछोरे’ जस्तो चलचित्रले कुनै अवार्ड पाउँदैन, गल्ली ब्वाई जस्तो ब’कवास चलचित्रले अवार्ड पाउँछ ।’

चलचित्र क्षेत्रले आफ्नोपनको आभाष नै गराउन सकेन । ‘छिछोरे’ जस्तो चलचित्रले कुनै अवार्ड पाउँदैन, गल्ली ब्वाई जस्तो ब’कवास चलचित्रले अवार्ड पाउँछ ।’

कंगनाले अगाडि भनिन्–‘हामीलाई यो चलचित्र नगरीबाट केही पनि चाहिएको छैन । तर, हाम्रो कामको मुल्यांकन किन हुँदैन ?’ कंगनाले आफूले निर्देशन गरेको हिट चलचित्रलाई पनि ज’र्बजस्ती फ्लप भन्ने गरेको भन्दै मुल्यांकन नहुने गरेको बताएकी छिन् ।

कंगनाले सुशान्तको नि’धनबारे प्रश्न उठाउँदै भनेकी छिन्–‘यो आ’त्महत्या थियो या योजनावद्ध ह’त्या ?’

चलचित्र क्षेत्रका केही चलचित्रकर्मी र केही पत्रकारले ‘यो क्षेत्रमा तिम्रो केही काम छैन’ भन्ने गरेको र सुशान्तले यो कुरा मानेको कंगनाले बताएकी छिन् । आक्रोशित कंगनाले फेरि एक पटक बलिउडमा ‘परिवारवाद’ हा’बी भएको भन्दै अन्य कलाकारको कामको मुल्यांकन हुन नसकेको टिप्पणी गरेकी छिन्

Related Articles

Back to top button
Close