vada
Video

४० वर्ष उमेर पुगेर एक्लाे जीवन बिताइरहेका विवाहित/अविवाहित महिलालाई पनि भत्ता !

४० वर्ष उमेर पुगेर एक्लाे जीवन बिताइरहेका विवाहित/अविवाहित महिलालाई पनि भत्ता ! चालिस वर्ष उमेर पुगेर एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने सहमति भएकाे छ ।

हिजाे शुक्रवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा त्यस्ता महिलालाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान राख्न सहमति जुटेको हो ।

त्यसैगरी सम्बन्ध वि“ च्छे- द गरेर श्रीमानको सम्बन्धमा १२ वर्षदेखि नरहेका विवाहित वा अविवाहित महिलालाई पनि एकल महिलाको परिभाषाभित्र राखेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान पनि सर्वसम्मतिले पारित भएको समितिकी सचिव बबिता मिश्रले जानकारी दिनुभयो ।

बैठकले नेपाल सरकारले पि`छडिएका क्षेत्रका साथै कुनै निश्चित क्षेत्र तोकी त्यस्तो क्षेत्रमा बसोवास गर्ने नागरिकलाई पनि त्यस्तो भत्ता उपलब्ध गराउन सक्ने प्रावधानसमेत राखेको छ । समितिकी सचिव मिश्रले भन्नुभयो, ‘विवाह गरी वा नगरि एक्लो जीवनमा रहेका र ४० वर्ष उमेर पुगेका, त्यसैगरी सम्बन्ध वि“ च्छे- द गरेर अनि श्रीमानको सम्बन्धमा १२ वर्षदेखि नरहेका लै“ ङ्गि- क हिं“ सा- मा परि विवाहित वा अविवाहित रूपले एक्लो जीवन व्यतित गरिरहेका महिलालाई पनि थपेर एकल महिलाको परिभाषाभित्र राखिनुपर्छ भनेर यो संशोधनलाई समितिले स्वीकार गरेको छ ।’

समितिले कम आय भएका तथा पालनपोषण र हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भएर पनि आर्थिक रूपले विपन्न अवस्थामा रहेका अन्य एकल महिलालाई पनि अ`सहाय एकल महिला भत्ता दिने प्रावधानसमेत पारित गरेको छ । त्यसैगरी स्वघोषणा गरी सामाजिक सुरक्षा भत्ता कसैले लिन नचाहेमा उसलाई सरकारले प्रशंसा पत्रसहित सम्मान गर्ने प्रावधान समितिबाट पारित गरिएको समितिकी सचिव मिश्रले बताउनुभयो ।

याे पनि, गर्मि लागेसँगै टाइफाइडकाे जाेखिम धरै, यस्ता छन् यसका लक्षण र घरेलु उपचार विधिहरु, हेर्नुस् तलकाे भिडियाेमा:-

Related Articles

Back to top button