vada
News

अनमोल तिम्रो साथले झनै उत्साह मिलेको छ भन्दै , पूजाले लिखिन यस्तो ( स्टाटस सहित

अनमोल तिम्रो साथले झनै उत्साह मिलेको छ भन्दै , पूजाले लिखिन यस्तो ( स्टाटस सहित

चर्चित नाएक अनमोल केसी र नायिका पुजा शर्मा आगामी चलचित्रमा संगै पर्दामा देखिने भएका छन् । पुजा शर्माको लगानीमा बन्ने चलचित्रमा सुदर्शन थापाको निर्देशन रहनेछ भने चलचित्र बारे अन्य जानाकारी अहीले खुलाईएको छैन। यसै बिषयमा नायिका पुजा शर्माले लामो स्टाटस लेख्दै अनमोल संगको तस्विर सेअर गरेकी छिन । उनि लेख्छिन

हरेक प्रोजेक्टमा उत्कृष्ट काम गर्ने र दर्शकले खोजे जस्तो चलचित्र पस्कने मेरो कोशिश सधै रहेको हुन्छ । तर, दर्शकको अथाहा प्रेमले अझै केही फरक र विशेष गर्ने चाहना हरेक समय हुँदो रहेछ । पहिलो पटक आफ्नै होम प्रोडक्शनको फिल्म निर्माणको प्रक्रिया आरम्भ गर्दै गर्दा मनमा डर र उत्साह दुबै छ । मलाई हरेक समयमा साथ दिने मेरो गुरु निर्देशक सुदर्शन थापाको काँधमा नयाँ चलचित्र सम्हाल्ने जिम्मेवारी सुम्पदै यसपटक दर्शकमाझ निर्मात्रीको रुपमा प्रस्तुत हुँदैछु ।

मेरो यो सपनाको प्रोजेक्ट हो । मेरो सपनाको प्रोजेक्टमा जोडिन आइपुगेका प्रिय नायक अनमोल केसीको साथले झनै उत्साह मिलेको छ । अनमोल र मैले केही चलचित्रमा एकसाथ काम गर्ने जमर्को यसअगाडि नगरेका होइनौं । तर, समय नआई कुनै पनि कुरा नहुनेरहेछ । अब भने समयले अनमोल र मलाई एउटै चलचित्रमा जोडिदिएको छ । अनमोलले मेरो निर्माणमा गरेको विश्वासप्रति निक्कै आभारी छु ।

हामी सधै दर्शकलाई प्रेम कथामा नयाँ आयाम दिने कोशिशमा छौं र यो पटक पनि यही कोशिश जारी रहनेछ । गुरु सुदर्शन थापाको निर्देशन, प्रिय नायक अनमोल केसी र मेरो अभिनयमा बन्ने चलचित्रलाई पनि मेरा प्यारा दर्शकहरुले यसअगाडि गर्नुभएको जस्तै माया दिनुहुनेछ भन्नेमा म ढुक्क छु । चलचित्रको बारेमा अन्य जानकारी हामी विस्तारै गराउँदै जानेछौं । सधै उत्कृष्ट र राम्रो चलचित्र बनाउने कोशिश जारी छ र रहनेछ । जय नेपाली सिनेमा… need your love and blessings

Related Articles

Back to top button