News

वडाध्यक्षको उपस्थितिमा क्वरेन्टीनमै यो जाडीले गर्यो अन्तरजातीय विवाह

दाङ- दाङमा एक जोडीले क्वरेन्टीनमै अन्तरजातीय विवाह गरेका छन् । घोराही उपमहानगरपालिका-१८ मा रहेको बेलघारी क्वरेन्टीनमा बसेका घोराही उपमहानगरपालिका-१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका-५ की २१ वर्षीया सीता चौधरीले वडाध्यक्षको उपस्थितिमा विवाह सम्पन्न गरेका हुन् । दिल्लीबाट घर फर्केर क्वरेन्टीनमा बसेका उनीहरु लामो समय देखी प्रेममा रहेकाले आफुले बिहे गराइदिएको वडाध्यक्ष भरत अर्यालले बताए ।

यो जोडीको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको बताइएको छ ।रिपोर्ट नेगटिभ आएकाले उनीहरुलाई घरमा एक हप्तासम्म सेल्फ क्वरेन्टीनमा बस्नेगरी डिस्चार्ज गरिएको बताइएको छ ।जेठको पहिलो सातामात्रै घर फर्केर क्वरेन्टीनमा बस्दै आएका थिए । झण्डै २४ दिन क्वरेन्टीनमा अलग्गै बसेका उनीहरुको रिपोर्ट विवाह गरेको एक दिनपछि असार १ गते आएको थियो ।

Related Articles

Back to top button
Close