News

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ४३ पुग्यो, को कहाँ छन् ?

काठमाडौंः काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । सोमबार ५ जना थपिएसँगै उपत्यकामा संक्रमित संख्या ४३ पुगेको हो । सोमबार काठमाडौंमा ४ र ललितपुरमा १ जनामा कोरोना देखिएका थिए ।

उपत्यकामा सबैभन्दा बढी काठमाडौंमा संक्रमित छन् । काठमाडौंमा ३४ जना संक्रमित हुँदा २४ जना निको भइसकेका छन् ।भक्तपुरमा ५ जना संक्रमित हुँदा तीमध्ये एकजना निको भएका छन् । ललितपुरमा ४ जनामा कोरोना संक्रमित भेटिदा एकजना निको तथा एकजनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकाका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि कोरोना बिरामीमुक्त भएको काठमाडौंमा फेरि संक्रमित बढ्न थालेका हुन् । काठमाडौं कोरोना बिरामीमुक्त भएपछि यहाँ लकडाउन खुकुलो बनाइएको थियो । बाहिरका जिल्लाबाट सहजै उपत्यका प्रवेश दिइएको थियो ।कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि उपत्यकामा लुकिछिपी मानिसहरू उपत्यका भित्रिए ।

कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरूलाई सिल गरिएको थियो । अहिले लकडाउन खुकुलो भएसँगै फेरि संक्रमित थपिने हुन् कि भन्ने चिन्ता थपिएको छ ।

Related Articles

Back to top button
Close