News

कुवेतमा एकैदिन ११ जना नेपालीमाकोरोना सङ्क्रमण

कुवेत / कुवेतमा एकैदिन ११ जना नेपालीमा कोरोना संक्रमण भेटिएको छ । शुक्रबार थप ११ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ७५ पुगेको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ११ नेपालीसहित ३ सय ५३ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ४ हजार ३ सय ७७ पुगेको छ ।

अहिलेसम्म कुवेतमा १ हजार ६ सय २ जना उपचारपछि पूर्णरुपमा निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ३० जनाको मृत्यु भैसकेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमित सबै नेपालीको कुवेत सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको कुवेतस्थित नेपाली दूताबासले जनाएको छन् ।

Related Articles

Back to top button
Close