vada
News

सारै दुखद खबर: सुर्खेत क्वारेन्टिनमा एकजनाको मृत्यु !

सुर्खेतको गुर्भाकोट नगरपालिका-७ स्थित क्वारेनटाइनमा बसेका एकजनाको मृत्यु भएको छ । १३ दिनअघि भारतको गढवालबाट स्वदेश फर्किएका गुर्भाकोट नगरपालिका – ८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको मेयर हस्त पुनले जानकारी दिए ।

सोमबार बिहान आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृत्यु भएको मेयर पुनले बताए । मृतकको स्वाब पीसीआर परिक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ । मेयर पुनका अनुसार मृत्यु भएका ती व्यक्ति पहिलेदेखि नै क्षयरोगका बिरामी थिए ।

Related Articles

Back to top button
Close