vada
News

अन्तत माटोमा बिलाए सुशान्त : बुबा र बहिनीले दिए दागबत्ति

बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम दा हसं स्कार गरिएको छ ।सोमबार मुम्बईको विले पार्ले घाटमा उनको अन्तिम दा हसं स्कार गरिएको हो ।पो ष्टमा र्टमपछि सुशान्तको शव कुपर अस्पतालमा राखिएको थियो ।सोही अस्पतालबाट श वयात्रा गरिएको थियो ।यद्यपि,परिवारले अन्तिम दा हसंस्कार पटनामा गर्न चाहेको थियो तर कोरोना महामारीका कारण प्रशासनले अनुमति नदिएको सुशान्तका भाई निरजले बताए ।सुशान्तको मृ त शरीरको कोरोना परीक्षण समेत गरिएको थियो ।

परीक्षणको नतिजा नेगेटिभ आएको छ ।दिवंगत अभिनेता सिंहको सोमबार मुम्बईको विले पार्ले स्थित सेवा समाज श्मशान घाटमा अन्तिम सं स्कार गरिएको छ।अ न्त्येष्टि कार्यक्रममा, सुशान्तका पिता आफन्त, श्रद्धा कपुर, रिया चक्रवर्ती लगायतका कलाकार पनि सहभागी थिए।अभिनेता सुशान्त आइतबार मुम्बईको बान्द्रा स्थित आफ्नै घरमा झु ण्डिएको अवस्थामा फेला परेका थिए। उनले किन आ त्मह त्या गरे भन्नेबारे केही खुल्न सकेको छैन।

सुशान्तको निधनले बलिउड क्षेत्रमा शो क छाएको छ। कलाकारहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन्।उनको शव यात्रामा बलिउड सेलिब्रेटी र कलाकार सहभागी भएका थिए । अन्तिम संस्कारको लागि उनको परिवार र आफन्त पटनाबाट मुम्बई आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१३ मा फिल्म काइ पो चे बाट फिल्म उद्योगमा प्रवेश गरेका राजपूतका एमएस धोनीः दी अन्टोल्ड स्टोरी, केदारनाथ र छिछोरे लगायतका फिल्महरू हिट भएका थिए । त्यसअघि उनी टीभी उद्योगका सफल कलाकार थिए ।

Related Articles

Back to top button
Close