vada
News

सुशान्तसिंहको ह’त्या भएको आसंका

आइतबार देहत्याग गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले देहत्याग गरेको नभई उनको ह त्या गरिएको आशंका परिवारले गरेका छन् । उनका परिवारले राजपुतले देहत्याग गरेको नभएर उनको ह त्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् । कैयौँ चलचित्रमा खेलेका राजपुत आइतबार मुम्बाई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झु ण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको देहत्याग भएको बताएको थियो ।

तर राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन्– उनले देहत्याग गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यहरुले यसको विरोध गरेका छौँ उनको ह त्या भएको छ प्रहरीले राम्रोसँग अनुसन्धान गरोस् । “सुशान्त सु साइ’डको बिरुद्धमा बोल्ने मान्छे हो, उस्ले यस्तो काम गर्न नै सक्दैन पुलिसले यो केशलाई ग’म्भीरता पुर्वक लिएर छानबिन गरोस ।” बिहारका प्रहरी कमिसनर मनोज सिंहले घटनाको प्रकृति हेर्दा अहिलेसम्म देहत्याग नै गरेको जस्तो देखिएको बताउनुभएको छ । उनको कोठाको ढोका खोलेर हेर्दा उनी झु ण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीको रिपोर्ट अनुसार पछिल्लो छ महिनादेखी उनी डि प्रेशनको शिकार भएका थिए ।

भारतीय समाचार माध्यामले जनाए अनुसार सुशान्त र उनका केहि साथीहरु घरमा संगै थिए उनि साथीहरुसंग बिदा भएर आफ्नो कोठामा चुक्कल लागेर सुतेको खुलेको छ । पछि साथीहरुले बोलाउंदा ढोका नखुलेपछि उनीहरुले झ्यालबाट हेर्दा झु ण्डीएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले उनले देहत्याग गर्ने कुनै कारण नरहेको भनेका छन् भने प्रहरीले आत्महत्या गरेको बारेमा कुनै सु साइड नोट पनि नभेटिएको बताएको छ ।

Related Articles

Back to top button