vada
News

काठमाण्डाैमा ९७ हजार मतगणना हुन बाँकी : स्थापित भन्दा बालेन १५ हजार ५८३ मतले अगाडि

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकामा अहिलेसम्म ९३ हजार ६४७ मत गणना भइसकेकाे छ । अहिलेसम्मकाे गणनाअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलाे मतान्तरका साथ अगाडि हुनुहुन्छ ।

बालेनले ३४ हजार १ सय ३० मत पाउनु भएकाे छ । मेयर पदमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित बालेन भन्दा १५ हजार ५८३ मतले पछाडि हुनुहुन्छ । स्थापितकाे पक्षमा १८ हजार ५ सय ४७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै, कांग्रेस उम्मेदवार सिर्जना सिंहले १८ हजार ४२९ मत पाउनुभएकाे छ । अब ९७ हजार ५२९ मत गन्न बाँकी छ ।

यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार सुनिता डंगाेलले फराकिलाे अग्रता कायमै राख्नुभएकाे छ ।

यो पनि पद्द्नुहोस

काठमाण्डाै – यतिबेला वसन्त ऋतु सकिएकाे छ तर वसन्तमा फुलेका ज्याकारान्डा फूलकाे सुगन्ध अझै बिलाएकाे छैन । अझै फूल ओइलाइसकेका छैनन् । काठमाण्डाै सहरका सडक छेउछाउकाे हरियालीले यहाँकाे सुन्दरातालाई अझै पनि झल्काइराखेकाे छ । मनसुनपूर्वकाे झरीले काठमाण्डाैका सडकका हरेक पेटी हरियो बनेका छन् । राता पहेला, बैजनी फूल फुलेर सुन्दर देखिन्छन् । त्यसैले काठमाण्डाै रमाइलो दखिएको छ ।

महानगरका सबै बेवास्ता सहेर, फाेहाेरकाे थुप्राेबाट अलि पर पुगेर चक्रपथ, माइतीघर-बानेश्वर लगायत यहाँका मुख्य सडकतिर नजर लगाउने हाे भने साँच्चिकै सुन्दर देखिन्छ सहर । काठमाण्डाै सहरलाई सुन्दर देखाउने यहाँका सडकलाई आजकाे फाेटाेफिचरमा समेटेका छाैँ :

Related Articles

Back to top button