बालेनको श्रीमती भन्छिन्, ‘छोरी पाएको हो भनेर फोन आएको आयै छ’
काठमाडौं । बिहीबार सञ्चारमाध्यममा बालेन साहले छोरी पाएको समाचार एकै छिनमा भाइरल भयो । बालेन साहको छोरी जन्मिएको नभई उनका दाजु कौशल साहको बुधबार छोरी जन्मिएकी हुन् ।
बालेन साहकी श्रीमती सविना काफ्लेले भनिन्, ‘छोरी पाएको हो भनेर फोन आएको आयै छ । मैले छोरी पाएको होइन् । बालेनको हैन उहाँका दाजुको हिजो छोरीको जन्म भएको हो ।’
काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेनले मतगणनामा अग्रता हाँसिल गरेका छन् । धेरैले बालेन र सविनालाई सामाजिक सञ्जालमा बधाई पनि दिइरहेका छन् ।
यो पनि
काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। अहिले वडा नं. ८ को गणना भइरहँदा बालेन शाह कांग्रेसकी सिर्जना सिंहभन्दा दोब्बर मतले पछि परेका छन्।
पछिल्लो मत परिणामअनुसार ३०० गणना सकिँदा बालेनले ६७ मात्रै ल्याएका छन्। उनी दोस्रो स्थानमा रहेका छन्। पहिलो स्थानमा रहेकी सिर्जनाले १३६ ल्याएका छन् भने तेस्रो स्थानमा रहेका केशव स्थापितले ३५ मत ल्याएका छन्। उपमेयरतर्फ एमालेको उम्मेदवारले ६६ मत पाएको छ। त्यसैगरी वडाध्यक्षमा एमालेले ३७, कांग्रेसले १७५ र राप्रपाले १८ मत पाएको छ।