जितु नेपालको जन्मदिनमा दिपकराज गिरीको भावुक स्टाटस
काठमाडौं, १ जेठ । आज हाँस्य कलाकार जितु नेपालको जन्मदिन । उनी २०३२ साल असार १ गते जन्मिएका जितुले थुप्रै हाँस्य कार्यक्रम गरेका छन् । उनलाई मुन्द्रे भनेर पनि चिनिन्छ। उनले हाँस्य टेलिश्रिङ्खला मार्फत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्ने कलाकार हुन् । उनले पछिल्लो समय सञ्चालन गर्दै आइरहेको स्टाण्डप कमेडी मुन्द्रेको कमेडी क्लब चर्चीत छ । ।
जितु नेपालले ट्वाक्क टुक्क नामक हाँस्य टेलिशृङ्खलाबाट चलचित्र जिवनको सुरुवात गरेका हुन्। त्यसपछि जितु नेपालले करिब तिन दर्जन चलचित्रमा अभिनय पनि गरिसकेका छन् तर उनलाई चलचित्रप्रति त्यति मोह छैन। उनलाई हाल दर्शकसामु मुन्द्रे भनेर चिनाउने टेलिश्रिङ्खला भने जिरे खुर्सानी हो। जितु नेपाल र शिवहरि पौडेलले जिरे खुर्सानी टेलिश्रिङ्खला सन् २००३ देखि नेपाल टेलिभिजनबाट सन्चालनमा ल्याएका हुन्। यस टेलिचलचित्रमा जितु नेपाललाई छोराको भुमिकामा देख्न पाइन्छ।
६े जितु नेपालले बि। सं। २०५९ फागुन१३ गते मुना नेपालसंग मागी बिहे गरेका हुन्। उनको बिहेमा तुलसी घिमिरे, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौलाजस्ता अरु थुप्रै चर्चित कलाकारहरूको उपस्थिति थियो। जितु र मुना नेपालका दुइ सन्तान छन्। उनको जन्मदिनमा अर्का हाँस्य कलाकार दिपकराज गिरीले निकै मार्मीक स्टाटस लेख्दै जन्मदिनको शुभकामना दिएका छन् । उनले स्टाटसमा आफुहरुको संघर्षको दिन सम्झेका छन् । कलाकारिकताको सुरुवातमा बिताएका ति संघर्षका दिनवाट सुरु भएको मित्रता अहिले सम्म पनि कायम रहेको भन्दै उनले प्रशंसा गरेका छन् । उनको स्टाटस जस्ताको जस्तै ।
संघर्षको त्को कठोर दिनमा एउटै थालमा बॉडेर खायौ, किनकि टन्न खान पैसा पनि हूंदैनथ्यो !!! दिनभर रेडियो, टेलिभिजन, डाइरेक्टरका घर घरमा जानु पर्थो
राति सु’त्ने निश्चित ठॉउ थिएन त्यसैले तपाइको दाइको घर हाम्रो शरणार्थी शिविर थियो !!! पैसा हूदॉ लजमा, नत्र कहिले कॉहा , कहिले कॉहा
संघर्षको त्यो दिन देखि आज सम्म पनि हाम्रो मित्रता, सहकार्य चलि रहेको छ , यो एक प्रकारको दूर्लभ मित्त्रता हो ।।।सायद यो इश्वरको आशीर्वाद नै हो !!!
तपाइको प्रगतिको ग्राफ़ मेरो भन्दा धेरै अग्लो छ , प्रेरणादायी छ १ सकारात्मक इखले मान्छेलाइ मान्छे बनाउछ भन्ने उदाहरण हो तपाइ ,
धेरै पल्ट ,धेरैले ,धेरै ठॉउबाट तपाइलाइ अपमानित गरे तपाइले बिचलित नभइ त्यसलाइ इख को रूपमा लिएर हरेक दिन आफूलाइ तैयार गर्दै जानु भो र त्यसको नतीजा आज हामि सबैको अगाडि छ ! सिन्धुपाल्चोक जिल्लाको बिकट गॉउको बिपन्न परिवारको एक सामान्य बयक्ति आज राष्ट्को होनहार कलाकार भएको छ ,
स्टेज शो हरूमा जो कोहि तपाइका अगाडि टिक्न सक्दैनन्, मनोरन्जन को दुनियॉका बारेमा केहि लेख्दा तपाइको नाम छुट्नै सक्दैन ११
असाध्यै मिलनसार, सबैलाइ खुशि बनाउन सक्ने क्षमता भएका मेरा मित्र जीतू नेपालको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा यी पूरानी कुरा सम्झदै जन्मदिनको लाखौ लाख शुभकामना अर्पण गर्न चाहन्छू, हाम्रो यो पूरानो मित्रता, सहकार्य , सद्भाब सधै रहि रहोस तपाइको सुस्वास्थ्य तथा दिर्घायूको कामना गर्दछू !!!