vada
News

सुनको भाउ अहिले सम्मकै उच्च , हेर्नुहोस् आजको बजार मूल्य

काठमाडौं । कोरोना महामारीका कारण सुनको मूल्य तीव्र ढंगले उकालो लागिरहेको छ । साताको दोस्रो दिन सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

आइतबार ८९ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज ८९ हजार सात सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार २६५ रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यही ढंगले सुनको मूल्य बढिरहे केही दिनमै तोलाको एक लाख नाघ्ने देखिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल चित्रमा क्लिक गर्नुहोला *****

Related Articles

Back to top button