News

भारतीय कलाकार सुशान्त सिंहको नि’धन भएको खबर सुनेपछि मनिषा कोइराला बनिन् भावुक, दीइन यस्तो प्रतिकृया

प्रख्यात अभिनेत्री मनिषा कोइरालाले चर्चित भारतीय कलाकार सुशान्त सिंह राजपुतले देहत्याग गरेको खबर सुन्दा आफू स्तब्ध भएको बताएकी छन्। ‘यो सुन्दा म निकै स्तब्ध भएँ… बिभिन्न विषयमा उनले गर्ने बहस म निकै मन पराउँथेँ… मेरो हार्दिक समवेदना! ओम शान्ति…,’ कोइरालाले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्।सुशान्त सिंह आइतबार मुम्बाईस्थित आफ्नै घरमा झु ण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

३४ वर्षीय सुशान्तले के कारणले यस्तो गरे भन्ने विषयमा केही नखुलेको बताइएको छ।मुम्बई प्रहरी अहिले उनको घरमा पुगेर अनुसन्धान सुरु गरेको छ। उनी ६ महिनादेखि डि प्रेसनमा रहेको भन्दै प्रहरीले डिप्रेसनकै कारण उनले देहत्याग गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। टेलिसिरियलबाट करिअर सुरुवात गरेका उनको पहिलो सिरियल ‘किस देशमे हे मेरा दिल’मा अभिनय गरेका थिए। उनको विशेष परिचय भने एकता कपुरको धारावाहिक सिरियल ‘पवित्र रिस्ता’बाट मिलेको थियो।इमरान खान, ऋषी कपुर वाजिद खान लगायतको निधनले स्त व्ध बनेको बलिउड थप शो कमा डुबेको छ ।

उनी ३४ वर्षका मात्र थिए । जी टिभीको लोकप्रिय टेलिचलचित्र पवित्र रिश्ताबाट उदाएका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका हुन् । । पछिल्लो समयमा उनका फिल्महरुले निकै हिट भएका थिए ।६ वर्षसम्म सहकर्मी अंकिता लोखन्डेसँग उनी रेले सनसिपमा रहेका थिए । तर यी दुईको जोडी सन् २०१६ मा छुट्टिएको थियो । उनको निधनको कारण डि प्रेसन भएको बताइएको छ तर पो ष्टमा र्टम नभएसम्म आधिकारिक रुपमा भने पुष्टि हुन सकेको छैन । ५ दिनअघी उनको पूर्व म्यानेजरले पनि सु साइड गरेका थिइन् ।

त्यस घ’टनाले सुसान्त वि क्षिप्त भएको बताइएको छ । अभिनेता लकडाउनको बेला एक्लै बस्दै थिए । प्रहरी उनको अपार्टमेन्ट पुगेको छ तर आ त्मह त्याको कारण भने खुलेको छैन। भारतयी सञ्चार माध्यमले जनाएअनुसार उनी केहि दिन देखि अस्वस्थ महसुस गरिरहेका थिए ।३४ वर्षीय राजपुतले पछिल्लो समय ‘केदारनाथ’ फिल्ममा अभिनय गरेका थिए ।

राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए। युवाहरुमाझ राजपुत एक सफल अभिनेताका रुपमा परिचित छन् । बलिउडका कलाकारहरुले सामाजिक संजालमार्फत आफ्नो आँशु नरोकिएको बताएका छन् ।

Related Articles

Back to top button
Close