News
खु:शीको खबर : आज एकैदिन ६१ जना कोरोना संक्र;मित निको भएर घर फ;र्के
काठमाडौ, जेठ ३२ – थप आइतबार ६१ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।योसंगै नेपालमा निको हुनेको संख्या ९७४ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। त्यस्तै आज एकैदिन थप ४२५ जनामा संक्रमण पुष्टि भएका छन् ।
बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेको गौतमले जानकारी दिए ।