News

बलिउड अभिनेता सुशान्त सिंहकी पूर्व म्यानेजर दिशाको निधन भएको ६ दिनमै गरे सुशान्तले गरे देहत्याग

भारतीय अभिनेता सुशान्त सिंह राजपुतले देहत्याग गरेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार डि’प्रेसनको उपचार गराइरहेका ३४ वर्षीय सुशान्त मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झु ण्डिएको अवस्थामा भेटिएका इण्डिया टुडेको अनलाइन संस्करणले उल्लेख गरेको छ। इन्डिया टुडेका अनुसार सुशान्त लकडाउन यता घरमा एक्लै थिए । प्रहरीका अननुसार बान्द्रा प्रहरी स्टेशनमा सुशान्तको घरमा काम गर्ने व्यक्तिले घटनाको जानकारी दिएका थिए ।

सन् २०१६ मा ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’ मा भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको भूमिका निर्वाह गरेर उनी चर्चामा आएका थिए। उक्त फिल्मबाट उनले उत्कृष्ट अभिनेताका लागि फिल्मफेयर अवार्ड पाएका थिए। सन् २००८ मा टेलिभिजनबाट करिअर शुरु गरेका उनी ‘काइ पो चे’ (२०१३) फिल्मबाट बलिउडमा प्रवेश गरेका थिए। ‘किस देश मे दिल हे मेरा’ टीभी सिरियलबाट उनले अभिनयको करिअर शुरु गरेका थिए। जी टीभीको उनी अभिनीत ‘पवित्र रिश्ता’ (२००८-०९) सिरियल निकै लोकप्रिय थियो।

सुशान्तले ‘शुद्ध देशी रोमान्स’ (२०१३), ‘पीके’ (२०१४), केदारनाथ (२०१८), ‘छिछोरे’ (२०१९) लगायत फिल्ममा अभिनय गरेका थिए। ‘छिछोरे’ मा शैक्षिक असफलता पराजय नभएको र देहत्याग समस्याको समाधान होइन भन्ने विषय उठाइएको थियो। उनी २१ जनवरी १९८६ मा बिहारको पटनामा जन्मिएका थिए। ‘कोई पो चे’बाट बलिउडमा डेब्यु गरेका सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् । फिल्म अगाडि उनी टेलिभिजनमा काम गर्थे । उनका साथीले आज तकलाई बताए अनुसार उनी पछिल्लो ६ महिनादेखि डि’प्रेसनको शिकार थिए त्यसैले उनले यस्तो कदम चालेको अनुमान गरिएको छ ।

३४ वर्षीय सुशान्त भारतको पटनामा जन्मिएका थिए । भारतीय टिभीमा पनि कार्यरत उनी हिन्दी चलचित्रका अभिनेता पनि थिए । उनले हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिल”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । उनी अर्को टेलीश्रृङ्खला पवित्र रिश्ताबाट निकै लोकप्रिय बन्न पुगेका थिए । किस देश में है मेरा दिल नाम गरेकाे टेलिभिजन सिरियलबाट अभियन यात्रा सुरु गरेका उनी पवित्र रिश्ता नामक टेलिभिजन शिरियलबाट अति चर्चामा आएका थिए ।

टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई चलचित्र अभिनेताको प्रस्ताव आयो र उनले काय पोचे नामक हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाएका थिए । उनले चलचित्र शुद्ध देशी रोमान्समा वाणी कपूर र परिणती चोपडासँग अभिनय गरेका थिए ।

उक्त चलचित्रको सफलता पछि राजपुतले हिन्दी चलचित्र क्षेत्रमा चर्चा पाएका थिए । ६ दिन अघि मात्र सुशान्तकी पूर्व म्यानेजरको पनि केहि दिनअघि एउटा भवनको १४ औं तल्लाबाट खसेर निधन भएको थियो ।

राजपूतकी पूर्व म्यानेजर दिशा सलियानको सोमबार राति निधन भएको थियो । घटनापछि उनलाई तुरुन्तै बोरिवली अस्पताल लगिएको थियो । तर, डाक्टरले उनलाई मृत्त घोषणा गरेका थिए । प्रहरीले दिशाको आमाबाबुको बयान लिएको थियो । मिडिया रिपोर्टका अनुसार दिशाले घटनाअघि आफ्नो प्रेमी रोहन राय र केही साथीहरुसँग डिनर गरेकी थिइन् । त्यसपछि यो घटना भएको थियो ।

दिशा बन्टी सजदेहको म्यानेजमेन्ट कम्पनी कर्नर स्टोनमा कार्यरत थिइन् । अभिनेता वरुण शर्माले दिशाको निधनको खबरले आफू नै निकै दुःखी भएको बताएक छन् । इन्सटाग्राममा दिशासँगको तस्विर पोष्ट गर्दै उनले दिशा आफ्नो मिल्ने साथी भएको बताएका छन् । उनले लेखेका छन्, ‘मलाई अझै पनि दिशा तिमीले छाडेर गएको विश्वास भइरहेको छैन । तिमी निकै चाँडै गयौ ।’

सुशान्त सिंह राजपुत केही समयदेखि नायिका रीया चक्रवर्तीको प्रेममा रहेको चर्चा मिडियामा चलिरहेको थियो । तर, यी दुबैले प्रेमको बिषयमा केही पनि बोलेका थिएनन् । यतिसम्म कि, सुशान्तको टिमले समेत यो कुरालाई अस्विकार गरेको थियो ।

तर, उनीहरु विभिन्न स्थानमा एकसाथ देखिएका भने थिए ।सुशान्तले रीयाको तस्वीर राखेसँगै उनीहरुविच प्रेम रहेको पक्का भएको थियो । सुशान्तको यसअगाडि पनि बलिउडमा विभिन्न नायिकासँग नाम नजोडिएको भने होइन । तर, यसपटक भने सुशान्त आफैले रीयासँगको सम्बन्ध सार्वजनिक गरेका थिए ।

Related Articles

Back to top button
Close