vada
News

जापानमा २२ बर्षीय सुजिता बास्तोलाको दुर्घटनामापरी निधन

जापानको मिएकेन योक्काइचीमा सडक दुर्घटनामा परी एक नेपाली महिलाको ज्यान गएको छ । उक्त दुर्घटनामा परी पोखरा १९ अर्मला निवासी २२ बर्षीय सुजिता बास्तोलाको ज्यान गएको हो ।आइतबार बिहान ७ बजे कामबाट फर्किने क्रममा उनले चलाएको स्कुटरलाई मिनि ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी बास्तोलाको अस्पताल पुर्याउने क्रममा निधन भएको जनसम्पर्क समिति नागोयाका अध्य्क्ष कुशल धितालले जानकारी दिए ।मृतक बास्तोला श्रीमानसंगै डिपेन्डेन्ट भिसामा ६ महिना अघि मात्रै जापान गएकी थिईन् । मृतकका श्रीमान मिएकेन स्थित सुजुका दाईगक्कोमा अध्ययनरत छन् ।यो पनि : कोरोनाबाट विदेशमा नेपालीको निधन क्रम रोेककोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको निधन हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ सातालगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता भने कोरोना भाइरसको संक्रमणले निधन भएन । एनआरएन, स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा शनिबार साँझसम्म उल्लेख्य कमी आएको छ । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close