vada
News

डडेल्धुरामा स्टाफ नर्समा देखियो कोरोना संक्रमण

डडेल्धुरा: डडेल्धुरामा पहिलोपटक स्टाफ नर्समा कोरोना संक्रमण देखिएको छ। डडेल्धुरामा शनिबार संक्रमण पुष्टि भएका २४ जनामध्ये एक जना स्टाफ नर्स भएको खुलेको छ।

जिल्ला सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको हो। अस्पतालमा कार्यरत ३३ वर्षीया स्टाफ नर्समा कोरोना संक्रमण देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टले जानकारी दिए।

अस्पतालमा कार्यरत रहेकी उनलाई कसरी संक्रमण भएको हो भन्नेबारे खुलेको छैन। ‘दुईजनाको रिपोर्ट प्राप्त भएको छ। दुवैको पोजेटिभ आएको छ। एक जना हाम्रो अस्पालमा कार्यरत नर्स हुन्। अर्का व्यक्ति चाहिँ नवदुर्गाका हुनुहुन्छ।’ निमित्त मेसु विष्टले भने।

अस्पतालमा कार्यरत ११ जना चिकित्सक र स्वास्थयकर्मीको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित ती नर्स अहिले होम क्वारेन्टाइनमा बसिरहेकी छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । (युनिटी खबर)

Related Articles

Back to top button